१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लिच्छविकालपछि केपी ओलीको समय स्वर्णयुग : महेश बस्नेत



नेकपा एमालेका नेता महेश बस्नेतले विकासको हिसावले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीको काल स्वर्ण युग रहेको दावी गरेका छन् । भक्तपुरमा बिहिबार गरिएको कार्यक्रममा बोल्दै उनले ओलीले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाएको भन्दै द्रुत गतिमा काम भइरहेको बताए । भूकम्पपछि पुनर्निर्माण सकिएको, सम्पदा क्षेत्रमा सडकमा ढुङ्गा छाप्ने काम भएको लगायतका विकासका फेहरिस्त प्रस्तुत गरे ।

उनले सभामुख अग्नि सापकोटालाई केपी ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारवाही गरेको सूचना छिटो निकाल्न आग्रह गरे । जनता समाजवादीले सरिता गिरीलाई कारवाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादीका टोपबहादुर लगायतका सांसदहरुलाई कारवाही गर्दा २४ घण्टामा सूचना निकालेको बताए । उनले आज सभामुख सापकोटालाई भेटेर एमालेका १४ सांसदलाई कारवाही गरेको सूचना निकाल्न चेतावनी दिएको बताए ।


प्रतिक्रिया दिनुहोस !