२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओलीलाई साईजमा ल्याउन माधव नेपालको भन्दा पनि शक्तिशाली बन्दै दोस्रो पुस्ताको तेस्रो धार



काठमाडौं : माधव नेपालले नयाँ पार्टी गठन गरेसँगै नेकपा एमालेमा शक्तिशाली रुपमा देखा परेको तेश्रो धारले काठमाडौंमा भेला आयोजना गरेपछि पार्टी अध्यक्ष ओलीको एकछत्र राज गर्ने चाहनामा ब्रेक लगाउने देखिएको छ । एमालेमा लामो समयदेखि तत्कालीन वरिष्ठ नेता माधव नेपालले संस्थापन पक्षलाई हरेक निर्णयहरुमा बारम्बार चुनौती दिँदै आएको थियो । त्यही किचलोको सफाई गर्न ओलीले पार्टी वरिष्ठ नेता नेपाललाई पार्टीबाटै लखेटे । माधव नेपाल पनि आफैले बनाएको पार्टीमा अपमानित हुने भएपछि नेकपा एकीकृत समाजवादी पार्टी गठनमा लागे ।

तर प्रत्येक क्षणमा सहयोग गर्दै आएका अधिकांश एमाले स्थायी समिति सदस्यहरुले माधव नेपालको साथ छोडे । आफ्नै नेतालाई छाडेर एमालेमै बस्ने निष्कर्षमा पुगेका नेताहरुले शुक्रबार राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने महत्वपूर्ण भेला गरे । भेलाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष समेत निकाल्यो तर ओली र माधव नेपालको व्यक्तिगत ईगोको सिकार बनेको एमालेको एकता जोगाने संभावना भने न्यून रहेको छ ।

पार्टी एकतालाई जोड दिएको तेस्रोत धारले पार्टी उकता गर्न नसके पनि पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारितालाई भने साईजमा ल्याउने स्पष्ट देखिएको छ । तेस्रो धारको शुक्रबार काठमाडौंमा आयोजित भेलाले पार्टीमा मनोमानी ढंगले आफ्नो गुट सेटल गर्ने ओलीको तीब्र चाहनालाई ब्रेक लगाउने देखिएको छ । तेस्रो धारको भेलाले वक्तव्य जारी गर्दै भनेको छ, अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ । पार्टीमा आफुलाई एकल वीर ठान्ने ओलीले सधै म नै पार्टी र मेरो गुट मात्रै सक्षम र अरु सबै निम्छरो भने झै व्यवाहार गर्ने ओलीलाई यो वक्तव्यले पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारितामाथि राजनीतिक रुपमै कडा प्रहार गर्ने देखिएको छ ।

त्यस्तै वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’ भेलामा एमाले उपाध्यक्ष भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, अर्कासचिव गोकर्ण बिष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको जनाइएको छ । संयुक्त वक्तव्यमा एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !