२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओली मंगलबारसम्म नसुध्रिए ठूलो विद्रोह हुन्छ : घनश्याम भुसाल



काठमाडौं : एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न चाहने हो भने मंगलबारसम्म अझै समय रहेको बताएका छन्। भुसालले पार्टी एकताको बल ओलीकै कोर्टमा रहेको समेत बताए। साँच्चै पार्टी एकता गर्ने ओलीजीको चाहना हो भने मंगलबारसम्मको समय छ। पार्टी एकता चाहनुहुन्छ कि विभाजन चाहनुहुन्छ भन्ने कुरा दुनियाँको सामु त्यसपछि अझै प्रष्ट हुन्छ, उनले भने, अहिले हामीले केही भनेको छैन।

ओलीजीले गरेनन् भने योभन्दा ठूलो विद्रोह हुन्छ। मैले के गरुँला, हामी नौ जनाले के गरौंला त्यो फरक छ। तर १० बुँदे पनि लागू नगर्ने ओलीसँग मान्छे को रहन्छन् ? यदि १० बुँदे नमाने एउटा सामान्य स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन भन्ने आफ्नो धारणा रहेको उनले बताए। आफूहरू आइतबार नै बसेर मध्यावधि मूल्यांकन गर्ने समेत उनले बताए। पार्टी एकतामा आलटाल पनि ओलीले नै गरिरहेको उनले दाबी गरे। उहाँले छिट्टै निर्णय गर्नुपर्छ भने एमाले बचाउने ठाउँ चाहिँ उहाँलाई छ। उहाँले अरु केही गर्नुपर्ने छैन।

उहाँले नै कबुल गरेका कुरा, जुन यसभन्दा अघि आफैंले उल्लंघन गर्नुभएको छ। पार्टी एकताजस्तो विषयमा समेत आफ्नो कबुल उल्लंघन गर्नुहुन्छ कि हुन्न भन्ने परीक्षामा हुनुहुन्छ,ओली, उनले भने,ु २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्छ। त्यसका लागि १० बुँदे कार्यान्वयन हुनुपर्छ। फागुन २३ यता भएका सबै निर्णय खारेज गर्नुपर्छ। माधव नेपालसहित १४ जना सांसदमाथि भएको कारबाही अविलम्ब फिर्ता हुनुपर्छ। १० बुँदे कार्यान्वयन भएमा माधव नेपाललाई कन्भिन्स गर्न सजिलो हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !