२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल भएको थियो ।

आज बस्ने बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने बताईएको छ । माओवादीले यही पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । नेकपा विघटन भएपछि एमालेसँग अलग भएको माओवादी संगठन पुर्नगठन र विस्तारमा सक्रिए भएको हो ।


प्रतिक्रिया दिनुहोस !