२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

चुनावबाटै बदला लिन्छु : केपी ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनलाई रुखको पात पहेँलिएर झरेको संज्ञा दिएका छन् ।शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव कुमार नेपालले पार्टी दर्ता गर्नुलाई रुखको एक दुई पात झरेको जस्तै भएको टिप्पणी गरेका हुन् ।उनले पार्टी फुटेको नभइ पार्टीका बिग्रीएको मान्छेले छोडेको बताए । ‘एमाले पार्टी फुटेको होइन, बिग्रेका मानिसले छोडेका मात्रै हो,’ उनले भने, ‘पार्टी फुट्नु र चोइटिनुमा फरक छ।’

केही पात झरेर रुखलाई फरक नपर्ने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले माधव नेपालले एक्लै नसक्ने देखेर अन्य पार्टीहरुसँग मोर्चाबन्दीको कसरत गरिरहेको पनि टिप्प्णी गरेका छन् ।आफूलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक हटाइएको बताउदै उनले आउदो चुनाबमा कसैलाई जित्न नदिएर बदला लिने दावी पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !