२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

ओलीले अध्यक्ष र प्रधानमन्त्री आलो पालो भनेर ३ वर्ष ठगी धन्दा चलाए : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रबाट प्रतिगमनका नाइके देखा परेको बताएका छन् । प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भनेका उनले स्थायित्वका लागि गरेको कम्युनिस्ट एकताले पूर्णता पाउन नसकेको बताए । वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै दाहालले विगतमा कांग्रेसले संसद्मा पूर्ण बहुमत प्राप्त गर्दा ५ वर्ष सरकार टिक्न नसकेको घटना यसपटक दोहोरिएको बताए ।

प्रतिनिधिसभा विघटनपछि देशव्यापी आन्दोलन गर्नुपरेको पनि दाहालको भनाइ थियो । प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको उनले बताए । दाहालले नेकपामा रहेका बेला माओवादीबाट गएका नेताहरू प्रताडित भएको बताए । उनले भने, तीन वर्षमा हामी प्रताडित भयौं । स्थायी समितिका नेताहरू प्रताडित भएका थियौं । एमालेको केपी प्रवृत्ति भन्या भन्ने एउटा गर्ने अर्कै रहेछ । अध्यक्ष र प्रधानमन्त्री आलो पालो भन्ने सहमति थियो । तर त्यो त उनको ठगी धन्दा रहेछ । हामीलाई त तमसुकमा हेरेपछि त भयो भन्ने भयो, दाहालले भने ।

ओलीले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा आधा कार्यकाल रहने सहमति गरेर पछि हटेको दाहालले बताए । ओलीले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । गर्ने मान्छेलाई देख्न पनि सक्दिनँ भनेको दाहालको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !