२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा



काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । सोमबार काठमाडौंमा कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन् । आफ्नो दावेदारीका आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए । थापाले पार्टीभित्रको प्रतिस्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय