१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पछिल्लो २४ घण्टामा ३०३० जना कोरोनामुक्त भए, २० को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६१२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६४८ जना र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !