२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र गरिँदै छ : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रयोग गरेर वर्तमान सरकार फुटाउन लागिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष प्रचण्डले आफूले गठबन्धन बचाउँदै एससीसीबारे सुमाधान खोज्न लागेको बताए ।

उनले भने, यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिर पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् । हामी चाँही यथास्थितीमा हुन सक्दैन भनिराख्या छौँ । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले नहुने चाहेका छौँ प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस !