२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

संसदवादको बाटोबाट समाजवाद आउँदैन, अब जनतामा जान्छौँ : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदवादको बाटो हिँडेर समाजवादमा नपुगिने बताएका छन् । बुधबार जनयुद्धका सहिद सुरेश वाग्ले (वासु) को २२ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदवादको बाटो हिँडेर समाजवादमा नपुगिने बताएका हुन् । उनले भने, त्यसकारण जरुरी पर्यो भने पहिला त हामी पार्टीहरूसँग छलफल गर्छौं, मधेसी, महिला मुस्लिमका अधिकारका लागि । भएन भने जनतामा बहस गरेर जनतामा जाने, कस्तो व्यवस्था र प्रणाली चाहिएको हो प्रचण्डले अहिलेको निर्वाचन प्रणाली बदल्नु अति आवश्यक भएको पनि बताए ।

अहिलेको चुनावी प्रणालीबाट सामान्य मानिसले वडाको चुनाव समेत लड्न नसक्ने अवस्था भएकाले यो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने प्रचण्डको भनाइ छ । यसतर्फ जाँदा सुनुवाइ नभए माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी ल्याउने बताए । त्यसपछि आफैँभित्रको फोहोर मैला पनि सफा हुने र प्रतिक्रान्तिकारीहरु परास्त हुने प्रचण्डले बताए । ‘नयाँ आन्दोलन र विद्रोह चाहिएको छ, जसले हामी भित्रको फोहोर सफा होस् । आफूलाई बदल्न तयार हो कि होइन मैले ठीक गरेको छैन भन्नेतिर हाम्रो चिन्ता नै भएन, गल्ती त्यही भएको छ’ पहिला आफू सच्चिन आवश्यक रहेको प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !