२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

एमाले जस्तै हुने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे । जनयुद्धमा सेनाको आक्रमणबाट मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताए ।

आफूले यस्तो कुरा गरेर निराशा बाँड्न नखोजेको प्रष्टीकरण दिंदै प्रचण्डले भने, ‘हिजो त्यत्रा/त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र ? बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिएहुन्छ ।’

प्रचण्डले भने, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो । के हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।’

 


प्रतिक्रिया दिनुहोस !