२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

कांग्रेस बाहेक सत्तारुढ तीन दलका शीर्ष नेताहरुको बीचमा एमसीसीका विषयमा छलफल



काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरु ललितपुरस्थित जनता समाजवादी पार्टीका उपेन्द्र यादव निवास हात्तिवनमा छलफल भएको छ । अमेरिकी परियोजना एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएसँगै शीर्ष नेताहरु ललितपुरको सिटी स्केप अपार्टमेन्टमा छलफलका लागि जुटेका हुन् ।

अध्यक्ष यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले एमसीसी, सरकार विस्तार लगायत विषयमा छलफल एक ठाउँमा जम्मा भएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनका कांग्रेसको तर्फबाट भने कोही पनि उपस्थिति भएका थिएनन् ।

माओवादी अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पास गर्न नसकिने बताउँदै आएका छन्। फातिमाले नेताहरुसँग पनि भेट गर्ने भएकोले साझा धारणा दिनको लागि तीन दलका चार नेताबीच झण्डै दुई घण्टा छलफल भएको हो। छलफलमा सरकार विस्तारको विषयमा पनि कुरा भएको छ।


प्रतिक्रिया दिनुहोस !