१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मोटरसाइकलमा लाग्दै आएको कर पनि बृद्धि, मोटरसाइकलको मूल्य बढ्ने



सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा लाग्दै आएको कर वृद्धि गरेको छ। योसँगै मोटरसाइकलको सडक निर्माण कर बढेको छ। संसदमा प्रस्तुत भएको प्रतिस्थापन विधेयक शुक्रबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ।

सरकारले यसअघि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क लगाएको थियो भने १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत नै अन्तशुल्क थियो।

तर प्रतिस्थापन विधेयमा मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरिएको छ। १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ।

kar dar (1).jpg

यसैगरि ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो। अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !