१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पेरु माओवादी आन्दोलन साइनिङ पाथका नेता गोन्जालोको निधन



काठमाडौं । पेरु माओवादी आन्दोलन साइनिङ पाथका नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !