१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राजावादी सुरेन्द्र भण्डारीले विप्लवलाई हस्तान्तरण गरे पृथ्वीनारायण शाहको फोटो



काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविद डा. सुरेन्द्र भण्डारीले विप्लव नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई पृथ्बीनारायण शाहको फोटो हस्तान्तरण गरेका छन् । राजावादी डाक्टर भण्डारीले एमसीसी राष्ट्रघाती भएको र यो देशलाई बचाउन अब विप्लवले जिम्मा लिनु पर्ने भन्दै खुल्ला मंचमा भईरहेको विरोध सभामा पृथ्वी नारायण शाहको फोटो हस्तान्तरण गरेका हुन् । राजतन्त्रका पक्षमा खुला वहस गर्ने भण्डारीले राष्ट्रको रक्षाका लागि विप्लवलाई साथ दिने प्रतिबद्दा व्यक्त गर्दै विप्लवलाई राष्ट्र निर्माता तथा राष्ट्रनायक पृथ्वी नारायण शाहाको फोटो हस्तान्तरण गरेका हुन् । डा. सुरेन्द्र भण्डारीले ज्ञानेन्द्र शाहीसँग मिलेर ‘नेपालका लागि नेपाली’ अभियानको नेतृत्व गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !