१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पार्टीलाई ध्वस्त पार्ने माधव नेपाल जनविरोधी अपराधी : ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरिबको आँशुसंग तुलना गरेका छन् । बुधबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले छाडेका नेपाललाई गरिबको आँशुले झैँ पोल्ने ठोकुवा गरे ।

एमाले अध्यक्ष ओलीले नेकपा (एस) का अध्यक्ष आफ्नो पार्टी भत्काए अन्य दलको सरकारलाई समर्थन गरेको भन्दै एमाले विरोधी, जनविरोधी अपराधी भएको आरोप समेत लगाए ।

नेपालले पार्टीलाई ध्वस्त पारेको भन्दै उनले जनविरोधी अपराधी भएको बताएका थिए । साथै ओलीले सरकारको विरोध गर्दै वतृमान सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !