१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

उपत्यकाका बिभिन्न ठाउँमा असोज ४ देखि भेरोसेलको दोस्रो डोज लगाईने



काठमाडौं । कोरोनाविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज खोप लगाउनका लागि सरकारले ३ दिनको समय निर्धारण गरेको छ । पहिलो डोज लगाएकाहरुलाई यहीँ असोज ४ गतेदेखि दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भनिएको छ । ३ दिनको समयमा मन्त्रालयले काठमाडौं महानगरपालिकासहित १० नगरपालिका र अन्य अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको छ ।

महानगर र नगरपालिका गरी ३२ वडामा खोपको व्यवस्था गरिएको पनि मन्त्रालयले सूचनामार्फत् जानकारी दिएको छ । यसैगरी महानगर र नगरपालिकाभित्र खोप केन्द्र पनि निर्धारण गरेको छ । काठमाडौं महानगरपालिकाभित्र ३२ स्थानमा, कीर्तिपुर नगरपालकिामा १०, चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन नगरपालिकाको १०, तार्केश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकाको ९ स्थान खोप केन्द्र निर्धारण गरिएको छ । यस्तै, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा, ११, गोकर्णेश्वर नगरपालिकामा, शंकरापुर नगरपालिकामा, ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ ठाउँमा चिनियाँ भेरोसेल दोस्रो डोज खोप लगाउनका लागि खोप केन्द्र निर्धारण गरिएको छ ।

पालिकाबाहेक काठमाडौं महानगरपालिकाकाभित्रका अस्पतालमा खोप केन्द्र राखिएको छ । जसअन्तर्गत नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र राखिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !