२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

पार्टी गम्भीर संकटमा छ, भित्रैबाट नेतृत्वमाथि घेराबन्दी भयो : विप्लव



काठमाडौं । झन्डै साढे दुई वर्षे राजनीतिक प्रतिवन्ध झेलेर एक वर्षअघि खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गाउँ केन्द्रीत संगठन विस्तार अभियानमा लागेको छ । गाउँ केन्द्रीत संगठन विस्तारमा जुटेको नेकपाले पार्टीका वैठकहरु पनि गाउँमै राख्ने गरेको छ । यसैबीच खुला राजनीतिमा आएपछि पहिलो पटक बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठक पनि गाउँमै शुरु भएको छ । पाँच दिनसम्म चल्ने केन्द्रीय कमिटीको नवौँ पूर्ण वैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको हो ।

बन्दिपुर गाँउपालिका ४ स्थित होटल माउण्ड रिसोर्टमा बसिरहेको बैठक असोज पाँच गतेसम्म चल्ने बताइएको छ । वैठकमा भाग लिन सो पार्टीका महासचिव विप्लवसहितका शीर्ष नेता हिजो बिहान साढे ९ बजे रिसोर्टमा पुगेका थिए । रिसोर्टमा विप्लवसंगै प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्ड, सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, हेमन्त प्रकाश ओलि सुर्दसन, सन्तोष बुढा मगरलगायतका नेताहरु सहभागी भएका छन् । केन्द्रीय सदस्यहरु उमा भुजेल शिलु, अनिल शर्मा विरही, भरत बम रणवीर, ओमप्रकाश पुन ओम, सावित्री बुढा आशालगायतका नेताहरु पनि वैठकमा सहभागी हुन् बन्दीपुर पुगेका छन् । वैठकमा सो पार्टीको गण्डकी प्रदेशका जनसत्ता प्रमुख निरू थापा, तनहुँ जिल्ला इञ्चार्ज पुर्णजीत पुन, जिल्ला सेक्रेटरी राजु बिक एटम सहभागी छन् ।

बैठकमा विप्लवले पेश गरेको दस्तावेजमा पार्टीमा नेतृत्वमाथि घेराबन्दी भएको उल्लेख गरिएको सो पार्टीका पूर्व पोलिटव्यूरो सदस्य रहेका एक नेताले बताए । पार्टी नेतृत्वमाथि घेराबन्दी भएकाले पार्टी गम्भीर संटकमा पुगेको विप्लवले केन्द्रीय समितिमा पेश गरेको दस्तावेजमा उल्लेख गरिएको हो । पछिल्लो समय विप्लव नेकपाभित्र पार्टी प्रवक्ता प्रकाण्डले दह्रो पकड बनाएको चर्चा चलरहेको बेला विप्लवले केन्द्रीय समितिमा नै नेतृत्वमाथि घेराबन्दी भएको उल्लेख छ । तर कसले घेराबन्दी गरेको हो भन्ने विषयमा भने स्पष्ट नपारिएको ती केन्द्रय सदस्यले जानकारी दिए । नेकपामा तीन धार स्पष्ट रुपमा देखा परेको स्रोतको दाबी छ । विप्लवको आफ्नै राजनीतिक लाईन, प्रकाण्डको दोस्रो र हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाको तेस्रो धार देखिएको बेला विप्लवले नेतृत्व घेराबन्दीमा परेको केन्द्रीय समिति बैठकमा दस्तावेजमा उल्लेख गर्नुलाई सो पार्टी तीन टुक्रामा विभाजन हुन सक्ने सो पार्टी कै नेताहरु बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !