Wednesday, April 30, 2025

ट्रेन्डिङ :

थप १०६६ जनामा कोरोना संक्रमण, १२३४ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११/११ जना संक्रमित भेटिएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?