२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा पर्ने टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु बिलाउने टिप्पणी गरेका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । अहिलेको सरकार गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नरहेको अध्यक्ष ओलीको आरोप थियो ।


प्रतिक्रिया दिनुहोस !