२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

उत्तर कोरियाले फेरी अमेरिकालाई दियो धम्की



काठमाडौ : बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौता ‘ओकस’प्रति चीन र फ्रान्स आक्रोशित भइरहेका बेला उत्तर कोरियाले पनि अमेरिकालाई चेतावनी दिएको छ। उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै भनेको छ, ‘यदि यसले उत्तर कोरियाको सुरक्षामा असर पार्यो भने यसविरुद्ध कुनै उपाय खोजिनेछ।’

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले विदेश मन्त्रालयका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गर्दै सोमबार यस विषयमा विज्ञप्ति जारी गरेको हो। जसमा भनिएको छ– अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको यो सम्झौता ‘निकै खतरनाक कारबाही’ हो, जसले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन बिगार्नेछ र ‘हतिया प्रतिस्पर्धा’ बढाउनेछ।


प्रतिक्रिया दिनुहोस !