१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

डा. खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी, विरोधमा पौडेल समूह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले सो प्रस्ताव राख्नुभएको र अन्य नेताहरु पनि सहमत बनेका कांग्रेस उच्च स्रोतले जनाएको छ । उच्च स्रोतका अनुसार डा. खड्काको नाममा सहमति भएपछि बुधबार नै उहाँलाई सपथ खुवाइने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो । योबारे प्रधानमन्त्रीदेउवाले पार्टीमा भने छलफल गर्नुभएको छैन । यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षले आफूहरुको सहमति बिना एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !