१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतले भन्यो, ‘नेपालका परराष्ट्रमन्त्रीसँग अमेरिकामै वार्ता हुनसक्छ’



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय परराष्ट्रमन्त्री एस जय शङ्करबीच न्यूयोर्कमा भेटहुने सम्भावना बढेको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा बिहीबार अमेरिका जाँदै हुनुहुन्छ । उहाँ आजै मध्यान्ह न्यूयोर्क पुग्ने बताइएको छ । उता भारतीय समकक्षी शङ्कर भने यसअघिनै उक्त कार्यक्रमकै सिलसिलामा अमेरिका पुगिसक्नु भएको छ । सो क्रममा अमेरिकामा दुई छिमेकी मुलुकका परराष्ट्रमन्त्रीहरुबीच भेटवार्ता हुने भारतीय कुटनीतिज्ञहरुले बिहीबार बताएका छन् ।‘नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ’ भारतीय एक कुटनीतिज्ञले बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।भारतीय परराष्ट्रमन्त्री शङ्करले बिहीबारै नेपालका नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै सहकार्यका लागि प्रतीक्षारत रहेको प्रतिकृया दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !