१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

शाखा अधिकृतका प्रत्याशीको मुद्दाबाट न्यायाधीश चुडाल अलग, अर्को पेसी असोज १४ लाई



काठमाडौं । सर्वोच्च अदालतले ३९२ शाखा अधिकृतका प्रत्याशीको मुद्दाबाट न्यायाधीश कुमार चुडाल अलग बस्ने भएका छन् । सर्वोच्च स्रोतका अनुसार यो मुद्दा न्यायाधीश चुडालसहितको संयुक्त इजलासले अन्तरिम आदेश गरेको मुद्दासँग सम्बन्धित रहेकाले उनी इजलासबाट अलग रहने भएका हुन् ।

साउन २५ मा समायोजन भएका ३४ कर्मचारीको मुद्दामा खुला कोटा कटाएर संघमा समायोजन गर्न आदेश दिएका थिए । मुद्दामाथि  १४ असोजमा पेसी तोकिएको छ । बिहीबार निवेदकले उनी इजलासमा रहँदा फरक नपर्ने बताएका कारण सुनुवाइ अगाडि बढेको थियो ।

रिटमाथि  आज पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो । सुनुवाइका लागि सर्वोच्चले न्यायाधीशहरू अनिलकुमार सिन्हा, प्रकाशकुमार ढुंगाना र चुडाल सम्मिलित इजलास गठन गरेको थियो । .

साउन २५ मा समायोजन भएका ३४ कर्मचारीको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश चुडालको संयुक्त इजलासले लोक सेवाको विज्ञापनमा खुलातर्फका कोटा कटाएर पदपूर्ति गर्न आदेश दिएको थियो ।  यसविरुद्ध शिवहरि दाहाललगायत शाखा अधिकृतको अन्तर्वार्ता दिएका १३४ जना भदौ ११ मा सर्वोच्च गएका थिए ।

आर्थिक वर्ष ०७६/७७ को कार्यतालिकाअनुसार ०७६ मंसिर २५ मा प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ ५६० को विज्ञापन आह्वान गरिएको थियो । जसमध्ये तीन सय ९२ पद खुला तथा समावेशीतर्फ र एक सय ६८ पद बढुवातर्फका लागि छुट्याइएको थियो ।

छुट्याइकामध्ये बढुवातर्फको पदपूर्ति भइसकेको छ । खुलातर्फ भने कोरोना महामारीका कारण अन्तर्वार्ता सकिएको थियो । कोटा काटेर नतिजा प्रकाशित गर्ने अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्चले भदौ २५ मा अर्को आदेश जारी गरेको थियो । यसपछि अन्तिम तयारीमा रहेको नतिजा प्रकाशनसमेत रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !