२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

मुख्यमन्त्री लालबाबु राउतले अख्तियार प्रमुख प्रेम राईलाई फोन गरेर थर्काए



जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश २ सरकार प्रमुखको कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले त्यसको कडा विरोध गरेका छन् । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर गएपछि पत्रकार सम्मेलन गरेर उनले अख्तियारको छापा मार्ने शैली गलत भएको भन्दै त्यसको विरोध गरेका हुन् ।

अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलमा अनियमितता देखिएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । मुख्यमन्त्री राउतले भने यस अभियानमा कहिँकतै गल्ती वा अनियमितता भएको भए आफू कारवाहीको भागिदार हुन तयार रहेको जवाफ दिएका छन् ।

तर, अख्तियारले कार्यालयमा एक्कासी छापा मारेर अफिसका फायल नियन्त्रणमा लिनु आपत्तिजन भएको उनको भनाइ छ । अख्तियारले कार्यालयमा छापा मारेर फायलहरु लिएर गएपछि आयोगका प्रमुख प्रेम राईलाई ‘छापा मार्ने शैली ठीक नभएको’ भनेर फोन गरेको सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भनेका छन् ।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘यदि यस अभियानमा कहिँकतै अनियमितता भएको भए थप सहयोग र गल्ती देखिएको ठाउँमा कारवाही भोग्न तयार छु । र, कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ। खरिद गरिएका साइकल सार्वजनिक खरिद ऐन अन्तर्गत छ ।’

प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकल कुन कम्पनीबाट खरिद गरेको उक्त नखुलेको पाइएको छ । कम्पनीबाट कति मूल्यमा साइकल खरिद गरेको भन्नेमा अनियमितता देखिएको भन्दै अख्तियारले छापा मारेको छ ।


प्रतिक्रिया दिनुहोस !