सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो



सुधा देव/ न्युज कारखाना
सप्तरी, २४ असोज

नवरात्रकाे पहिलाे दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। बिहानैदेखि भगवतीको दर्शन तथा पूजाआजा गर्न शक्तिपीठहरूमा भक्तजनकाे घुइँचाे लाग्दै आएकाे छन्।

राजविराज-७ कि पूजा यादवले भनिन्,´दसैँको चहलपहल रमाइलो नै पूजापाठ हो। दशै शुरू भएदेखि प्रत्येक वर्ष मन्दिर आएर पूजा नगरेसम्म चित्तै बुझ्दैन।’

गत वर्ष कोरोनाको कारण उनी मन्दिर आउन सकेकी थिइनन्। यस पटक भने घटस्थापनाकै दिनदेखि जिल्लमा भएको सबै शक्तिपीठहरूमा पूजा गर्नका लागि पालैपालो पुग्ने उनको लक्ष्य छ।

राजविराज -७ कि मीना दास बिहानै उठ्छिन्। नुहाइधुवाइ गरी घरको पूजाआजा सकेर मन्दिरतिर लाग्छिन्। मन्दिरहरूमा पूजा गरेर मात्रै घर फर्किन्छिन् ।

उनी भन्छिन् , ´अन्य समयमा चाहेर पनि मन्दिर जान सकिँदैन । कोरोनाले गत वर्ष पनि जान सकेकी थिइँन्। यस पटक छिन्नमस्ता, कंकालनी, राजदेवी र चण्डी भगवती मन्दिर पुगिसकेँ ।’

राजविराज-७ बस्ने ७५ वर्षीया गंगादेवी श्रेष्ठ दुई वर्षपछि घटस्थापनादेखि नियमित मन्दिर गइरहेकी छिन्। उनले भनिन् ,´ मेरो घर नजिकै भगवती मन्दिर छ ।दिनहुँ मन्दिरमा पूजा गरेर मात्र मेरो खाने बानी छ ।’

कोरोना महामारीले दुई वर्षदेखि उनी मन्दिर जान पाएकी थिईनन्। मन्दिर जान नपाउँदा के पुगेन,के पुगेन,जस्तो उनलाई लाग्थ्यो। तर, अहिले दसैँकाे बहानामा दिनँहु मन्दिर जान पाउँदा आनन्द लागेको उनको भनाइ छ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती मन्दिर, भारदहस्थित कंकालनी मन्दिर, राजविराजस्थित राजदेवी चण्डी भगवती मन्दिर , बोदेबरसाईनको दुर्गा मन्दिर लगायतका शक्तिपीठहरूमा भक्तजनक‍ो भिड लागेकाे छ ।


प्रतिक्रिया दिनुहोस !


अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: