१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

थप ५९६ जनामा कोरोना पुष्टि, १० को मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार २३७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६५ जना र ३ हजार १६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार १९२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७६ हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय ४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३९ हजार जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !