१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

एमाले उपमहासचिव भुसालले आगामी महाधिवेशनमा अध्यक्षमा उम्म्मेदवारी दिने



काठमाडौ । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदको दाबी गर्ने संकेत गर्नुभएको छ । आइतबार काठमाडौंमा विजयादशमी, दिपावली, छठ लगायत चाडपर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा पत्रकारहरुसँग उपमहासचिव भुसालले पार्टीको मूल नेतृत्वको रुपमा आफूलाई उभ्याउने संकेत गर्नुभएको हो ।

केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने पार्टीको विधानमै स्पष्ट व्यवस्था रहेको उहाँले पत्रकारहरुसँग बताउनुभयो । चियापानमार्फत भुसालले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी दिने सन्देश दिनुभयो । अरु नेताहरु जस्तै आफू पनि सबै कोणबाट पार्टीको मूल नेतृत्वका लागि योग्य रहेको उहाँको दाबी थियो ।


प्रतिक्रिया दिनुहोस !