१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

धोनीको चौकाको ह्याट्रिक, चेन्नई फाइनलमा



एजेन्सी । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग ९आईपीएल० को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य चेन्नईले १९।४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । अन्तिम ओभरमा चेन्नईलाई १३ रनको आवश्यकता थियो । दिल्लीका लागि टम करनले बलिङ गरिरहेका थिए ।

उनले पहिलो बलमा नै मोइन अलीलाई आउट गरे । तर, त्यसपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले लगातार ३ चौका हिर्काउँदै टोलीलाई जीत दिलाए । चेन्नई नवौँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल रह्यो । ​चेन्नईका लागि रुतुराज गाइकवाडले सर्वाधिक ७० रन बनाए भने रोबिन उथप्पाले ६३ रनको योगदान दिए । कप्तान धोनी नटआउट रहँदै १८ रन बनाए । दिल्लीका लागि करनले ३ विकेट लिए ।

उता, पहिलो ब्याटिङ गर्दै पृथ्वी शको ६० तथा ऋषभ पन्तको ५१ रनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । सिमरोन हेटमायरले पनि ३७ रनको योगदान दिएका थिए । चेन्नईका लागि जोश हेजलवुडले २ विकेट लिए । हारे पनि दिल्ली अझै प्रतियोगिताबाट बाहिरिएको भने छैन । अब दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलाकता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा स्थान बनाउन विजेताले दिल्लीसँग एलिमिनेटरमा भिड्नेछन् ।


प्रतिक्रिया दिनुहोस !