१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुदूरपश्चिमका अधिकांश शिक्षकहरु पढाउन छाडेर राजनीतिमा सक्रिय, विद्यार्थीको भविष्य डामाडोल



नेपाली कांग्रेसको बाजुरा अधिवेशनको मतगणना

सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अधिकांश शिक्षक विद्यार्थी पढाउन छोडेर सक्रिय राजनीतिमा लागेको पाइएको छ। शिक्षक, कर्मचारी एवं सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले सक्रिय रुपमा राजनीति गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि अधिकांश शिक्षक सक्रिय राजनीतिमा लागेको पाइएको हो।

नेपाली कांग्रेसको १४औँ अधिवेशनमा बाजुरा र बझाङमा मात्र दर्जनौ शिक्षक प्रतिनिधि भएको पाइएको छ। शिक्षण पेशासँगै सक्रिय राजनीति गर्ने शिक्षकको संख्या वर्षेनि बढ्दै गएको छ। शिक्षकले सक्रिय राजनीति गरेकै कारण सामुदायिक विद्यालयमा शिक्षा ध्वस्त हुँदै गएको छ। विद्यालयभित्र अप्रत्यक्ष रुपमा होइन, देखिने गरी नै दलको झण्डामुनि संगठित भएर शिक्षा क्षेत्रलाई चुनौति दिँदै राजनीतिमा होमिएका हुन्।

बाजुरामा नेपाली कांग्रेसको भर्खरै सम्पन्न वडा, नगर, प्रदेश हुदै जिल्ला अधिवेशनमा धेरै शिक्षकले यो विषयलाई सत्य साबित गरिदिएका छन्। जनप्रकाश माध्याविक विद्यालय बाजुराका प्रधानाध्यापक अनोजराज गिरी त कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित नै भइसकेका छन्। प्रतिनिधिका लागि ७०/८० जना सहभागी भएको र ती मध्ये ८/१० जना शिक्षक नै रहेको शिक्षण पेशासँगै सक्रिय राजनीति गरिरहेका जनप्रकाश माविका प्रधानाध्यापक गिरीले बताए।


प्रतिक्रिया दिनुहोस !