प्रधानसेनापति शर्माको दसैँ : दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन, शुभेच्छुकलाई जमरा « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

प्रधानसेनापति शर्माको दसैँ : दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन, शुभेच्छुकलाई जमरा



काठमाडौं । दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल पूजा सरिक हुन्छु । शक्ति पीठहरुको दर्शन हुन्छ । दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ । बुवाआमा हुनुहुन्न । जेठो दाजुबाट टीका थाप्छु । अन्य मान्यजनसँग पनि लगाउँछु । एकादशीको दिन संगठनका मातहत युनिटका इच्छुक फौजी र शुभेच्छुकलाई आफ्नो निवासमा टीका दिन्छु ।

म काठमाडौंकै स्थायी बासिन्दा भएकाले मेरो दसैँ यतै हुन्छ । अध्ययन र घुमघामको अवस्था छैन । हामी फौजीलाई अरुजस्तो फुर्सद भएर दसैँ मनाउने भन्ने हुँदैन । ब्यारेकभित्रै मनाउँछौं । राखिएको जमरा ब्यारेक प्रमुखले टीका दिन्छन् । पल्टनमा सबै सैनिक कर्मचारीलाई बडाखाना हुन्छ । विदा जानेहरु सैनिक कर्मचारीहरुलाई वेलफेयर फ्लाइट र वेयलफेयर सवारी साधनबाट पठाएका छौं ।

जमिन साधनबाट करिब १३ सय र जहाजबाट साढे दुई सयभन्दा बढी कर्मचारीलाई दुर्गम दुर्गम ठाउँमा जानेलाई आन्तरिक व्यवस्थापनमा निशुल्क पठाइसकेका छौं । न्यूनतम जनशक्ति ब्यारेकको सुरक्षामा रहन्छन् । बाँकी विदामा जान्छन् । नेपाली सेनाले धर्म, संस्कृति र परम्परालाई जुनसुकै स्थानमा पनि जगेर्ना र प्रवर्द्धन गर्न योगदान गर्दै आएको छ । यसका लागि हाम्रो लोकल युनिटले पनि सहयोग पुर्‍याउँछन् । राष्ट्रियस्तरमा भएका समारोहमा पनि योगदान पुर्‍याउँछौं ।


प्रतिक्रिया दिनुहोस !


सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिनुभयो ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, स्वास्थ्यकर्मीसहित चार जना अझै वेपत्ता



पाँचथर- यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सभापतिले महाधवेशन गर्न छाडेर जथाभावी बोल्दै हिँडे : वरिष्ठ नेता पौडेल



काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी निर्वाचन समितिको मात्रै नभएर केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहँदा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘त्यसबारे निर्वाचन समितिले निर्णय गर्ने’ बताएका थिए । पौडेलले शनिबार कञ्चनपुर पुगेर महाधिवेशन गर्ने जिम्मा निर्वाचन समितिको मात्रै नभएको बताएका हुन् ।

उनले नेतृत्वले महाधिवेशन गर्ने जिम्मेवारी पूरा नगरेर जथाभावी बोल्दै हिँडेको भन्दै आलोचना गरे । ‘पार्टीको महाधिवेशन गर्ने काम निर्वाचन समितिलाई मात्रै जिम्मा दिएर हुँदैन । केन्द्रीय नेतृत्वले जिम्मा लिनुपर्छ । महाधिवेशन गर्ने जिम्मा केन्द्रीय समिति र केन्द्रीय नेतृत्वको हो । आमनिर्वाचन भन्दा पहिल्यै हाम्रो पार्टीको अधिवेशन हुन्छ,’ पौडेलले भनेका छन् ।

उनले आमनिर्वाचन भन्दा पहिल्यै पार्टीको महाधिवेशन हुने भएकाले अहिलेदेखि नै टिकट बाँड्दै नहिँड्न आग्रह गरेका छन् । ‘पार्टीको महाधिवेशन हुन्छ, निर्वाचन हुन्छ, नयाँ पदाधिकारी आउँछन् । यहाँ को-को हो ? अहिल्यै टिकट बाँड्दै हिँडिरहेका छन् अरे,’ पौडेलले अघि भने, ‘टिकट बाँड्न अरु नै आउँछन् । जुनियरहरु आउँछन् ।’

उनले संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइएको तर्फ ध्यानाकर्षण गराए । ‘संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइसकिएको छ । अनि हामीले त्यही संविधान नमान्दा हाम्रो के हालत हुन्छ ? कि हामीलाई कानुन नलाग्ने हो ? संविधानको व्यवस्थाबमोजिम पार्टीको महाधिवेशन यथाशीघ्र गर्नुपर्नेतर्फ संकेत गर्दै पौडेलले प्रश्न गरे ।उनले कांग्रेसलाई संकटबाट मुक्त गराउन र लोकतन्त्रलाई संकटबाट पार लगाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर, उच्च मनोवलका साथ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: