१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशले लियो अग्रता



काठमाडौं । फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा जारी खेलमा बंगलादेशसंग गोल खाएको छ । खेलको नवौं मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका छन् । बराबरीका लागि नेपाली टोली संघर्षरत छ । सुरुवातदेखि नै आक्रमक खेलमा उत्रिएको नेपाली टोलीमा आज भारतविरुद्धको खेलको सेटबाट तीन खेलाडी परिवर्तन भएका छन्।

भारतविरुद्धको खेलका लागि सुरुवाती ११ बाट सुमन अर्याल, सुमन लामा, मनिष डाँगी परिवर्तन भएका गरि उनीहरुको स्थानमा अञ्जन विष्ट, नगयुग श्रेष्ठ र आयुष घलानले मैदानमा स्थान पाएका छन् । बंगलादेशले लिएको अग्रता तोड्न नेपाल टोली संघर्षरत रहे पनि खेलको ३१ औँ मिनेटसम्म सफलता हात पार्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !