१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बंगलादेशमा हिन्दुमाथि आक्रमण : ३ जनाको मृत्यु, मन्दिर तोडफोड गर्ने १० जना पक्राउ



एजेन्सी । बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किएपछि दूर्गा पूजाका धेरै पण्डालहरुमा तोडफोड भएको छ । यस क्रममा कम्तीमा १५० अल्पसंख्यक परिवारहरुमाथि आक्रमण भएको छ । बंगलादेशको कोमिला जिल्लामा एक पूजाका लागि बनाइएका पण्डालमा कुरानको कथित अपमान भएको अफवाह फैलिएपछि हिंसा भड्किएको हो । जस पछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ । प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको छ र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले हिन्दू मन्दिर, घर र पसल तोडफोड गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । स्थानीय समुदायका नेताहले यस क्षेत्रमा साम्प्रदायिक हिंसाको घटना पहिलो पटक घटेको बताएका छन् ।

सन् २०११ को जनगणना अनुसार बंगालदेशको १४.९ करोड जनसंख्याको ८.५ प्रतिशत हिन्दू छन् । त्यहाँ कोमिल्ला जिल्लासहित धेरै अन्य जिल्लाहरुमा हिन्दू समुदायको मानिसहरुको ठूलो जनसंख्या छ । पश्चिम बंगालका धेरै संगठनहरुले बुधवार राति भएको हिंसाको कडा निन्दा गरेका छन्। विश्व हिन्दू परिषदले यस विषयमा गम्भीर छानबिनको माग गरेको छ। केही पूजा पण्डलमा दुर्गा मूर्तिहरु पनि क्षतिग्रस्त भएका छन्। बंगलादेशका गृहमन्त्री असदुज्जमानले स्थानीय मिडियालाई भने, ‘सरकारले घटनालाई गम्भीरताका साथ लिएको छ।’ उनले अगाडि भने, ‘कोमिलामा आक्रमण गर्नेहरुलाई छिट्टै पक्राउ गरिनेछ। यो हमला हिंसा भड्काउने षड्यन्त्रको हिस्सा हुन सक्छ। बंगलादेशमा बसोबास गर्ने हिन्दुहरुले अक्टोबर १३ कालो दिन भएको दाबी गर्दै आक्रमणकारीहरुले धेरै पूजा पण्डलमा तोडफोड गरेका छन् र कम्तीमा १५० परिवारहरुमाथि हमला गरेका छन्।

कोमिलाको क्षेत्रमा जहाँ यो घटना भएको थियो, हिन्दु र मुस्लिम दशकौंदेखि सद्भावमा बाँचिरहेका छन्। मुस्लिम वर्गका मानिसहरु दुर्गा पूजाको समयमा पंडालहरुमा जान्छन्। यस कारणको लागि त्यहाँ राति पूजा पंडालहरुमा कुनै गार्ड छैन। कुमिला महानगर पूजा उद्योग समितिका महासचिव शिव प्रसाद दत्तले कुरानको कथित अपमान निराधार रहेको बताउनु भएको छ । बंगलादेश हिन्दू एकता परिषदले ट्विटरमा मुस्लिम समुदायलाई अफवाहमा विश्वास नगर्न अपील गरेको छ, यस हिंसा पछि उत्पन्न तनावको बीचमा परिषद्ले प्रधानमन्त्रीसंग सेना पठाउन पनि माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !