१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी



काठमाडौं । टीकाको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी छ । हिजो टीका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टीका लगाउने प्रचलन छ । आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ । टीकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।


प्रतिक्रिया दिनुहोस !