१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

साफ च्याम्पियनसिप : नेपालको आक्रमक खेल, पहिलो हाफ गोलरहित बराबरीमा



काठमाडौं । साफ च्याम्पियनसिपको जारी फाइनलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको छ । भारी बर्षाबीच भएको खेलमा दुबै टोलीले सुरुदेखि नै आक्रमक खेल प्रस्तुत गरेका थिए । खेलको तेस्रो मिनेटमा नै भारतले नेपालमाथि अग्रता लिने अवसर गुमाएको थियो । तर नेपालले पनि त्यस्को पाँच मिनेट नवित्दै स्वर्ण अवसर गुमाएको थियो ।

नेपालका स्ट्राइकर नवयुग श्रेष्ठले गरेको प्रहार भारतको गोलपोष्टमा ठोक्किएर फर्किएको थियो । यस्तै खेलको १५ औ मिनेटमा रोहित चन्दले बललाई नियन्त्रणमा लिन नसक्दा अर्को अवसर नेपालले गुमाएको थियो । निरन्तरको बर्षाले बललाई नियन्त्रणमा लिन दुबै टोलीका खेलाडीलाई धौधौ परेको थियो ।नेपालले रक्षात्मक खेल खेल्ने अपेक्षा गरिएपनि त्यस्लाई भुलेर सुरुदेखि नै आक्रमक खेलमा आफुलाई उतारेको छ ।


प्रतिक्रिया दिनुहोस !