१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, किनारका बस्ती डुबानमा



कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ ।महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् ।

भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार डुवान तथा जोखिममा रहेका परिवारको रातीदेखि नै उद्धारको काम भइरहेको छ । तर हालसम्म कति परिवार विस्थापित भए भन्ने यकीन तथ्यांक भने नभएको बताइएको छ ।

यस्तै महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिचसमेत कटान गरेको छ ।अन्य नदीहरुमा पनि पानीको सतह बढ्दै गएपनि हालसम्म डुवानमा भने नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !