२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन मन्त्री पौडेलको निर्देशन



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरूसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिनुभएको हो ।

आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाउनुभएको हो । शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स० परीक्षा लगायतका काम रोकिएका छन् । आयोगले यसअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !