१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

देशमा स्रोत र साधन पर्याप्त भए पनि परिचालन गर्ने कला भएन : अर्थमन्त्री शर्मा



काठमाडौं, ८ मंसिर

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा स्रोत र साधन प्रशस्त मात्रामा भए पनि त्यसलाई परिचालन गर्ने कला नभएर देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए ।

कार्यक्रममा उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन । हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या छ । व्यवस्थापन गर्ने कलामा विकास गरे अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’ 

अर्थमन्त्री शर्माले भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने नै पर्याप्त हुने धारणा राखे । उनले निजी क्षेत्र निजी स्वार्थमा आधारित नभएको बताए ।  ‘निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित छ,’ उनले भने, ‘निजी क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिए पनि सार्वजनिक क्षेत्र भताभुङ्ग भइरहेको हुन्छ ।’  

निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनुपर्ने आवश्यकता रहेकोसमेत बताए ।  उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । यसका लागि सरकारले प्रयास गरिरहेको छ । निजी क्षेत्रको सल्लाहअनुसार नै अगाडि बढ्न सरकार प्रयत्नरत रहेको छ ।’

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नुपर्छ भन्ने छैन ।’ अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पर्नेमा पनि उनले जोड दिए ।

निजी क्षेत्रको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको उनको भनाइ थियो । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै धान्न गाह्रो परेको अवस्था छ । जसका कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकारलाई समस्या परेको छ ।’ 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले गर्नपर्ने सहयोग गर्दै आएको दाबी गरे । उनले व्यवसायीलाई करमा छुट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता नियन्त्रण गर्न सहयोग पुर्‍याउँदै आएको उल्लेख गरे । 

उनले भने, ‘राष्ट्र बैंकले कारोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई पनि सरकारले सहुलियत ऋण तथा व्याजदर नियन्त्रण लगायतको सुविधा दिँदै आएको छ । साथै, राष्ट्र बैंकले कर्जाको ब्याज भुक्तानीको लागि समय थप, ब्याज पुँजीकरणको सुविधा पुनकर्जा सुविधालगायतको सुविधा दिँदै आएको छ । केन्द्रीय बैंकले साना निक्षेपकर्ता एवं ऋणिले प्राप्त गर्ने सेवा सुविधामा विशेष ध्यान दिएको छ ।’ निजी पक्षलाई सँगै लिएर अघि बढ्न सकेमा अर्थतन्त्रले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले वैदेशिक लगानीलाई प्रवर्द्धन गरेर पनि नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताए । 

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले उद्योगीलाई ठूलो योगदान पुर्‍याएको बताए । उनले नेपालमा कोरोना महामारीले पुर्‍याएको नोक्सानमा केन्द्रीय बैंकको कुशल व्यवस्थापनले ८० प्रतिशत समस्या कम हुँदै गएको बताए ।

कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो नोक्सान परेको बताउँदै उनले पर्यटनमा जोड दिनुपर्ने बताए । अझै केही नीतिगत सुधार गरेर पर्यटन भित्र्याउन अझै हवाई उडानको संख्या बढाउनुपर्ने बताए । पहिलाकै स्थितिमा उडान भए पर्यटक भित्रिने छ ।

पर्यटनले ६ देखि ७ प्रतिशतसम्म अर्थतन्त्र धानेको बताउँदै उनले एमससी पास गर्न पर्नेमा पनि जोड दिए । 


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: