२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

५० प्रतिशतभन्दा बढी कर्मचारी कम्युटर, इमेल र युनिकोड नै चलाउन जान्दैनन् : सरकारी प्रतिवेदन



एउटा सरकारी प्रतिवेदनले भन्छ, झण्डै आधा कर्मचारी कम्युटर चलाउन र इमेल गर्न समेत जान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिनौं लगाएर तयार पारेको र अस्ति सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले अधिकाशं कर्मचारीमा सूचना प्रविधिसम्बन्धी ज्ञानको अभाव रहेको तथ्य उजागर गरेको हो ।

प्रत्येक कर्मचारीले आफै कम्प्युटर चलाउन जान्नु पर्ने नीति अख्तियार गरेको भए पनि मुलुकका ५३ वटा स्थानीय तहका २५ प्रतिशतभन्दा कम कर्मचारी युनिकोड टाइप गरी दैनिक कार्य सम्पादन गर्न सक्छन् । अर्थात ती स्थानीय तहका ७५ प्रतिशत कर्मचारी युनिकोड टाइप गर्न समेत नजान्ने कर्मचारी रहेको प्रतिवेदनले जनाएको छ । ८४ पृष्ट लामो सो प्रतिवेदन अनुसार मुलुकका १३८ वटा स्थानीय तहका २५ देखि ५० प्रतिशत कर्मचारी युनिकोड टाइप गरी कार्यसम्पादन गर्न सक्छन्,झण्डै आधा कर्मचारी युनिकोड टाइप गर्न समेत जान्दैनन् । प्रतिवेदनको २९ औं पृष्टमा युनिकोडको प्रयोग गर्न सक्ने वा नसक्ने कर्मचारीको तथ्यांक छ ।

जहाँ २४३ वटा स्थानीय तहका ५० प्रतिशतभन्दा बढी कर्मचारी युनिकोड टाइप गरी कार्यसम्पादन गर्न सक्ने विवरण समावेश गरिएको छ । यस्तै अधिकांश कर्मचारी इमेल समेत प्रयोग गर्न जान्दैनन् । देशका १७८ वटा स्थानीय तहमा कार्यरत २५ प्रतिशत भन्दा कम कर्मचारीले मात्र इमेल प्रयोग गर्न सक्छन् । यस्तै ११८ वटा स्थानीय तहमा कार्यरत २५ देखि ५० प्रतिशत र १३८ वटा स्थानीय तहमा कार्यरत ५० भन्दा बढी कर्मचारीले इमेल प्रयोग गर्न सक्ने सो प्रतिवेदनमा औल्याइएको छ ।

मुलुकमा ७५३ स्थानीय तहमध्ये चार सय ३४ पालिकामा गरिएको अध्ययनले यस्तो स्थिति देखाएको हो ।

जसमध्ये ९० दशमलव ३२ प्रतिशत पालिकाका कर्मचारीसँग सूचना प्रविधिको ज्ञान नै छैन । ४३४ पालिकामध्ये १० पालिकामा सूचना प्रविधिसम्बन्धी जनशक्ति नभएको,३२ वटा पालिकामा एक जना कम्युटर इन्जिनियर र एकभन्दा बढी सूचना प्रविधि अधिकृत कार्यरत रहेको,३९२ वटा स्थानीय तहमा अधिकृत स्तरका दुई जना सूचना प्रविधि अधिकृत कार्यरत रहेको तथ्यांकमा उल्लेख छ । अध्ययन भएकामध्ये ६ वटा पालिकामा सूचना प्रविधिसम्बन्धी न्यूनतम शैक्षिक योग्यता समेत नभएका कर्मचारी रहेका र तीन सय ६५ पालिकामा सूचना प्रविधिसम्बन्धी जनशक्तिमा न्यूनतम शैक्षिक योग्यता मात्रै रहेको भेटिएको छ ।

यस्तै,सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिमध्ये कम्तीमा एक जनाको एक वर्षको अनुभव रहेको पालिकाको सङ्ख्या एक सय ४७ रहेको छ । सूचना प्रविधिसँग सम्बन्धित जनशक्ति सबैको दुई वर्षभन्दा धेरै अनुभव भएका पालिकाको संख्या दुई सय ५५ प्रतिवेदन केलाउँदा सूचना प्रविधिको प्रयोगको सबालमा हामी कहाँ र कुन स्थानमा छौं प्रष्ट पार्दैन र ? -इकर्मचारी


प्रतिक्रिया दिनुहोस !