१९ मंसिर २०७८, आईतवार
 |   Sun Dec 5 2021
Logo

बहुपति प्रथामा आधारित ‘टुल्की’ लाई प्रदर्शनको अनुमति



जाजरकोट, ९ मंसिर

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाणपत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए । द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए ।
त्यतिमात्र नभई एक ब्राह्मण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम विवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारको नाममा भोग्नु परेको कहालीलाग्दो पीडालाई चलचित्रमा उतारिएको उनको भनाइ छ ।

चलचित्रमा निर्देशन तथा छायांकन देवजंग थापा तथा शेखर लामा र आरपी कर्मचार्यको लगानी छ । कथा लक्ष्मण सुनारले लेखेकाहुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

करिब वर्षको अध्ययनपछि निर्माण गरिएको चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


‘जवाद’ चक्रवातको प्रभाव : सोमबारसम्म यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात



काठमाडौं । बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले नेपालको मौसममा पनि प्रभाव पारेको छ ।

‘जवाद’ चक्रवात शनिबार विहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसको नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार रातिबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

आजको पात्रो : थाहा पाउनुहोस्, तपाईँको राशिफल



काठमाडौं । आज १८ मंसिर । ४ डिसेम्बर २०२१ । मार्गशीर्ष कृष्णपक्षको औँशी । अनुराधा नक्षत्र, सुर्कमा योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान ९ः१८ मिनेटबाट राहुकाल सुरु हुनेछ भने १०ः३६ सम्म रहने छ । त्यसैगरी ११ः३४ देखि अभिजित मुहूर्त शुरु हुनेछ १२ सम्म सम्म रहनेछ । राहुकाल भएको समयमा सकेसम्म शुभकाम नगर्नुहोला । अभिजित मुहूर्त भएको समयमा शुभ काम गर्न सकिन्छ । देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ ।

आज सूर्योदय बिहान ६ः४१ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ । औँशी तिथिका चन्द्रमा प्रकाशहीन हुन्छ । त्यसैले आजको दिन नकारात्मक शक्तिको प्रभाव भइरहन्छ । औँशीको दिन राम्रा कामको शुरुवातका लागि साइत दिने गरेको हुँदैन ।

आजको राशिफल

मेष

आजको दिन व्यापारव्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारका साथ सहयोगले तपाईँको योजना सफल हुनेछ । आजको यात्राबाट तपाईँलाई फाइदा हुनसक्छ । त्यसैले यात्राको लागि सूर्योदयपछि मात्र निस्कनु बेस हुनेछ ।

वृष
आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । व्यापार फाइदा नहुँदा पनि निरास हुनु पर्नेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला ।

मिथुन
परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । विवाद गर्दा हानीमात्र हुनेछ ।

कर्कट
कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ ।

सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । मित्र र आफन्तजनसँगको भेटबाट तपाईँलाई आर्थिक लाभ समेत हुनसक्नेछ ।

कन्या
तपाईँको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईँको मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला
आजको दिन तपाईँको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा सोच विचार गर्नु उत्तम होला ।

वृश्चिक
यात्राको अवसर र सम्भावना पनि छ । चन्द्रमाको साथ छ । औँशी तिथि परे पनि तपाईँका लागि केही फाइदा हुने दिन छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु
आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईँलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै तपाईँलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर
आजको दिन देवालय र शिवालयको यात्राले तपाईँलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईँका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ
सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन
अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । परिवारका सदस्यहरुसँग समय विताउनु होला । घरको काममा ध्यान दिनु भयो भने परिवारमा खुसियाली छाउनेछ ।

प्रतिक्रिया दिनुहोस !

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते



कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका ९ रैकवारका ६५ वर्षीया द्रोपति राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीय रानी राना रहेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । डिएसपी शाहका अनुसार रैकबारबाट उनीहरु बेदकोट नगरपालिकाको दैजीमा विवाह भोज खान आएका थिए । भोज खाएर फर्किने बेला अर्जुनी ब्यारेक नजिकै विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिन खोज्दा से १ त ३८४१ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्र्याक्टरमा चालकसहित १४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: