१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’



जुम्ला, ९ मंसिर

जुम्लाको पातारसी गाउँपालिका र गुठीचौर गाउँपालिकाको पटमारा गाउँमा सामुदायिक होमस्टे सञ्चालनमा छ । पटमारा गाउँका न्यून आय भएका ६ जना महिलाले सामुहिक होमस्टे सञ्चालन गरेका हुन ।

धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेरअघि बढ्ने लक्ष्यसहित सामुदायिक होसस्टे सञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए ।

‘महिलाको दैनिकीसँग जोडिएको विषय भएकाले सामुदायिक होसस्टेले उनीहरूको आर्थिक स्तर सुधार हुनेछ ।पातारासी गाउँपालिकाको पटमारा गाउँ प्राकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । स्थानीय ६ जना महिलाले सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने पहिलो लक्ष्य हो ।

सामुदायिक होमस्टेका अध्यक्ष राजकली रावतले सुरुवाती चरण भएकाले होमस्टे गुणस्तर बनाउने काम गर्दै आएको बताइन् । स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउने व्यवस्था गर्न आवश्यक रहेको पातारासी गाउँपालिकाको लासीमा संञ्चालन भएको एकदिने गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए ।

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउनुपर्छ’, प्रशिक्षक कोइरालाले भने, ‘होमस्टे सेवामुखी र गुणस्तर भएको खण्डमा महिलाको दैनिकीसँगै गाउँकै स्वरूप फेरिनेछ ।

जुम्ला जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत, साधनको पर्याप्तता पनि छ । त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य रहेको सरोकारवाला बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !