२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

२४ घन्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



पछिल्लो २४ घन्टाको अवधिमा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९०७ आरटी पिसिआर र १ हजार ७२५ एन्टिजेन गरी कुल ६ हजार ६३२ जनामा परीक्षण गरिएकोमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार १५६ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !