१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विराेध, खुलामा प्रतिस्पर्धा हुन सक्ने



न्युज कारखाना
काठमाडौं, १२ मंसिर

नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विराेध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो ।

जसअनुसार किशोरकुमार अधिकारी, टंकआङबुहाङ लिम्बू, तिलकुमार मेन्याङबो लिम्बू, दुर्गाकुमार थापा (स्वस्ति), धर्मराज निरौला, पर्शुराम अधिकारी, भाष्कर काफ्ले, राजेन्द्रकुमार राई र बसन्तकुमार नेम्वाङले उम्मेदवारी दर्ता गराएपछि आन्तरिक प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

आन्तरिक प्रतिस्पर्धा नहुन सातमध्ये एकजनाले मात्रै उम्मेदवारी फिर्ता लिएमा निर्विराेध हुन पाउने छन् । तर, प्रदेश १ बाट तीन जना महिलाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: