१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय



यांगुन,२१ मंसिर

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अ‌ाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे । 

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌घन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ाराेप लगाइएकाे छ । सुकीले आफूमाथि लगाइएका सबै आराेप अस्वीकार गर्दै आएकी छिन् । 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै आएकाे थियाे । 


प्रतिक्रिया दिनुहोस !