१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महामन्त्री कोइरालाले छोडे सभापतिको दाबी



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् । पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए ।

शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ । शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,’ उनले भने । भोलि बिहान साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ । ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्‍गिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !