७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

संस्थापनबाट सिटौला पक्षका प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार



काठमाडौं, २४ मंसिर

नेपाली कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर निर्वाचनमा जाने भएका छन् ।

शुक्रबार उद्घाटन भएको कांग्रेको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षबीच पदाधिकारीमा भागबण्डा मिलेसँगै नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा एक हुने भएको हो ।

महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने गरि सहमति भएको हो ।

सिटौला पक्षमा रहेका नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार देउवा र सिटौला पक्षबीच यसबारे सहमति भएको हो ।

दुई पक्षबीच पौडेललाई महामन्त्री बनाउने गरि सहमति भएको उनी निकट स्रोतको दाबी छ । यसअघि सिटौलाले महाधिवेशनको उद्घाटनमा प्रदीप पौडेलाई भोटसमेत मागेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय