१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

अछाम एमाले अधिवेशन : बन्दसत्र भोलि



अछाम, २३ पुस

नेकपा एमाले अछामका इञ्चार्ज झपट बोहराले नेपाली कांग्रेसको नेतृत्वमा पटक पटक सरकार बने पनि जनताका लागी कुनै उपलब्धी हासिल हुन नसकेको बताएका छन् ।

सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी सबै केपी शर्मा ओली सरकारले अघि बढाएको उनको दाबी थियो । नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनको उदघाटनमा केन्द्रीय सदस्य समेत रहेका नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासीक उपलब्धी कांग्रेस सरकारका पालमा हासिल नभएको बताए ।

एमाले अछामका सहइञ्चार्ज यज्ञ बोगटीले केपी शर्मा ओली सरकारको नेतृत्वले गरेका काम देखेर बिरोधीदल शशंकित भएको बताए । सडक, भूकम्पले भत्किएको संरचना, खानेपानी, लगायतको निर्माण तथा राष्ट्र र राष्ट्रियताको बारेमा केपी ओली मात्र बोल्न सकेक उनले बताए ।

पार्टीमा नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेबाट मालिका रंगशालामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा ७ सय बढी प्रतिनिधी सहभागी हुने एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !