१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रदेश १ का पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे गाडी



प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय फिर्ता गरेका छन् । को१झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो । 
 
राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१ झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !