१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

संसदकाे चमेना गृह सञ्चालकले तिरेनन् ३ वर्षदेखिको भाडा



काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा चमेना गृह सञ्चालन गरिरहेको कम्पनीले तीन वर्षदेखि भाडा नतिरेको पाइएको छ । बेइजिङ डक होम नामक कम्पनीले पछिल्लो ३ वर्षयता भाडा नतिरेको संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक बिद्रोह दाहालका अनुसार सो कम्पनीले मासिक ६ लाख रुपैयाँ तिर्नेगरी सम्झौता गरे पनि भाडा तिरेको छैन । व्यवसायी चण्डीराज ढकालको सो कम्पनीले सम्मेलन केन्द्रको स्थापनाकालदेखि नै चमेना गृह भाडामा लिएको थियो ।

२०७२ सालको भूकम्प पछि क्षति पुगेको भन्दै ढकालले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग छुट मागेका थिए । पुरानो बक्यौता रहे पनि २०७४ सालमा थप १० वर्षका लागि ढकालको कम्पनी बेइजिङ डक होमले ठेक्का पाएको थियो ।

विकास समितको अध्यक्ष सहरी विकास मन्त्रालयका सचिव हुन व्यवस्था छ । सहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री नियुक्त भएपछि बिफ्रिङ गर्ने क्रममा समितिले गत आर्थिक वर्षको मात्रै २ करोड रुपैयाँ बेरुजु फर्छ्यौट हुन बाँकी रहेको जानकारी गराएको थियो । कार्यकारी निर्देशक दाहालका अनुसार बेइजिङ डक होमले दिनुपर्ने भुक्तानी नदिएका कारण हरेक वर्ष बेरुजु बढ्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !