५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो



धनगढी, ३० पुस

पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएकाे छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, याे वर्ष काेभिड संक्रमणका कारण मेलाकाे राैनक छैन ।

खानपिन संस्कृति

माघीमा बंगुरकाे , माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।

भल्मन्सा, गुरुवा चयन गरिँदै

थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खाेप कार्यक्रम लगायतकाे जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साकाे राेहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।

माघीकाे दोस्राे दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस !


ग्रह शान्तिदेखि अनेकौं रोग निको पार्नसम्म उपयोगी मसला



सुरेशचन्द्र रिजाल

नेपालमा कयौं प्रकारका मसलाहरू उत्पादनसँगै दोस्रो तथा तेस्रो मुलुकबाट आयात तथा निर्यात गर्ने गरिएको छ । मसलाको प्रयोग तरकारीमा आवश्यकताअनुसार स्वादिष्ट बनाउन तथा अन्य थुप्रै खाद्य पदार्थ बनाउनका लागि उपयोग गर्ने परम्परा शदीयौंदेखि चलिआएको छ ।

यस्ताखाले मसलाको प्रयोगबाट मानव शरीर सन्तुलन राख्नुका साथै ग्रह तथा नक्षत्रहरूको नकारात्मक प्रभाबबाट जोगाउन पनि ऋषि महर्षीहरूले पुर्खाहरूलाई जानकारी गराएको थुप्रै प्रमाणहरू पाइन्छन् । मौखिक रुपमा जानकारी गराएर एक पुस्तादेखि अर्काे पुस्तालाई हस्तान्तरण गरेकै भरमा आजसम्म पनि जीवन्त चलिआएको छ ।

यदि थोरै मात्र सावधानी अपनाउन सकेमा रोग तथा ग्रहहरूको नकारात्मक प्रभाव पूर्ण रुपमा नियन्त्रण हुने विश्वास गरिन्छ । नवग्रह हरूको प्रभाव कम गर्न भिन्नाभिन्नै घरेलु वस्तुहरूको प्रयोग तथा दान गर्न सकिने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।

सूर्य ग्रह : रातो खुर्सानी सूर्यको नकारात्मक शक्तिलाई कम गर्न प्रयोग गर्न सकिन्छ । यो दैनिक रुपमा भान्सामा प्रयोग गरिने वस्तु हो । यसले बुद्धिलाई तृष्ण बनाउनुका साथै रक्त सञ्चालनमा पनि यसको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । यसका अलावा मसुरो, गुण, करवीरको फूल लगायतका वस्तु दान गरेमा सूर्यबाट हुने रोग तथा ग्रहको नकारात्मक शक्ति कम गर्न सकिने बताइएको छ ।

चन्द्र ग्रह : अलैँची तथा सुकुमेल चन्द्रमाको प्रमुख मसलाका रुपमा लिने गरिएको छ । यसलाई हरेक तरिकाबाट प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछिको मसलाको रुपमा प्रयोग गर्ने परम्परा पनि रहिआएको छ । श्वाससम्बन्धी रोग तथा वायु प्रकोपलाई हटाउनका लागि पनि अति लाभदायक मानिएको छ । सेतो कपडासहित अलाइँची तथा सुक्मेल दान गरेमा पनि चन्द्रमाको प्रभाव कम गर्न सकिने उल्लेख गरिएको छ ।

मंगल ग्रह : मंगल ग्रहले शरीरमा रक्त सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । उक्त ग्रहको तत्व पनि रातो नै रहेको छ । यदि मंगल कमजोर तथा पापान्तर भएर बसेको अवस्था यसको फल अत्यन्तै अशुभ हुने गरेको छ । प्रेसर तथा हट्हट्याक हुनुमा मंगलको मूख्य भूमिका रहने गरेको छ । यस्तो समस्या कम गर्न सुकेको रातो खुर्सानी बहुउपयोगी रहने गरेको छ । यसका अलावा दालचिनी, अदुवा, मेथी कस्तुरी लगायतका वस्तु प्रयोग तथा दान गरेमा मंगल ग्रहको नकारात्मक प्रभाव कम गर्न सकिन्छ साथै विज्ञको सल्लाहअनुसार मुगाको धारण गरेमा पनि शुभ फल मिल्ने उल्लेख गरिएको छ ।

बुध ग्रह : बुध ग्रहको कलर हरियो भएकाले धनियाँको प्रयोगबाट पित्त सन्तुलित हुने उल्लेख गरिएको छ । यसको प्रयोगबाट किड्नीलाई सफा गर्नुका साथै पिसाबसम्बन्धी सम्पूर्ण समस्या निको पार्ने बताइएको छ । यसका अलावा हिंग तथा हरियो धनियाँको प्रयोग तथा दानबाट पनि बुधको प्रभाव कमगर्न सकिने उल्लेख गरिएको छ । पन्ना धारण गरेमा पनि फाइदा हुने बताइएको छ ।’

बृहस्पति ग्रह : सम्पूर्ण ग्रहहरूको राजा देवगुरु बृहस्पति हुन र उक्त ग्रहको स्वभाव पहेंको हुने भएकाले पनि भान्सामा प्रयोग हुने बेसार बहुउपयोगी औषधिका रुपमा उल्लेख गरिएको छ । विशेषगरी काटेको घाउ पुर्नका लाग एन्टिबायोटिकका रुपमा रहेको बताइएको छ । यसको प्रयोगले हाम्रो शरीरमा भएका हड्डीहरू मजबुत गर्ने यसको विशेष भूमिका रहने उल्लेख गरिएको छ । यसका अलावा पुष्पराजका प्रयोग गरेमा पनि दीर्घ रोगीहरूलाई लाभ मिल्ने बताइएको छ ।

शुक्र ग्रह : समस्त आयुर्वेदका ज्ञाता गुरु शुक्राचार्यलाई आयुर्वेदिकका पिताका रुपमा वर्णन गरिएको छ । शुक्रको लागि जिरा सेवनले अम्लिय प्रभावलाई कम गर्ने उल्लेख गरिएको छ । पाचन प्रणालीमा केही असहज महसुस भएको अवस्थामा जिरा र पानी सेवन गर्ने परम्परा रहिआएको छ । यसको अतिरिक्त सोफ, सुपाडी दालचिनीलगायतका वस्तुको सेवन तथा दानबाट शुक्र ग्रहलाई बलियो बनाउन सकिने उल्लेख गरिएको छ ।

शनि ग्रह : शनि ग्रहको प्रभाव कम गर्न कालो मरिच बहुउपयोगी भएको उल्लेख गरिएको छ । यसले कफको समस्यालाई तुरुन्तै सहजीकरण गर्नुका साथै दाँतको समस्या पनि समाधान गर्ने कुरा उल्लेख गरिएको छ । यसका अलावा तोरीको तेल, कालो तिल, सख्खरलगायतका वस्तुको प्रयोग तथा दानबाट शनिको प्रभाव कम गर्न सकिने बताइएको छ ।

राहु ग्रह : राहुको प्रभाव कम गर्न दालचिनीबाट बनाइएको मसला बहुउपयोगी रहने बताइएको छ । यसका अतिरिक्त जाइफल पनि प्रभावकारी मानिएका छ ।

केतु ग्रह : केतु ग्रहको प्रभाव कम गर्नका लागि कालो नुन अर्थात वीरे नुन प्रयोग गरेमा यसले पेटमा हुने हरेक समस्याको बहुउपयोगी साबित हुने बताइएको छ । यसका अलावा गहतको प्रयोग तथा दान गरेमा पनि केतु ग्रहको प्रभाव कमगर्न सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

यसरी हजारौं वर्षअघि यस्ता वस्तुहरूको प्रयोग गर्ने गरिएकाले स्वस्थमा देखापरेका हरेक प्रकारका रोग तथा समस्याहरूको समाधान गर्न सकिने भएकाले पनि आजसम्म पनि हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ ।

(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

प्रतिक्रिया दिनुहोस !

नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार



सुर्खेत, ४ माघ

जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना भएकी रावलको शरीरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत ल्याइएको उनका श्रीमान् धन बहादुर रावलले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो । सुत्केरी महिलाका २ जुम्ल्याहा छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक उनका श्रीमानले बताए ।

प्रतिक्रिया दिनुहोस !

कोरोना नियन्त्रणका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे अर्को आदेश



काठमाडौं, ४ माघ

कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो ।

गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।

सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: